बराबरीमा रोकियो बार्सिलोना

Read Time = 1 min

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, तीन बराबरी र दुई हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ । बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?