ला लिगामा बार्सिलोना पराजित

Read Time = 3 mins

बार्सिलोना । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले रायो भालेकानोसँग दुई-एकको हार बेहोरेको छ । रायो भालेकानोका अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गर्नुभयो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काउनुभयो ।

खेलको १९औँ मिनेटमा अल्भारो गार्सियाले गर्दै रायो भालेकानोलाई अग्रता दिलाउनुभयो । ५३औँ मिनेटमा फ्रान्सिस्को गार्सियाले रायो भालेकानोका लागि दोस्रो गोल गर्नुभयो । ८३औँ मिनेटमा लेवान्डोस्कीले गोल फर्काए पनि खेलको नतिजालाई त्यसले केही असर गरेन ।

खेलपछि बार्सिलोनाको ३१ खेलबाट ७६ अंक छ । बार्सिलोना अझै पनि शीर्षस्थानमा ११ अंकले अघि छ । दोस्रो स्थानको रियल म्याड्रिडको ६५ अंक छ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४३ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको मड्रिडले रियल मलोर्कामाथि तीन-एकको पुनरागमन जित निकाल्यो । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल, अल्भारो मोराटा र यान्निक कारास्कोले गोल गर्नुभयो । मलोर्काका माटिजा नास्टासिसले एक गोल फर्काउनुभयो । एट्लेटिकोको ३१ खेलबाट ६३ अंक पुगेको छ । पराजित मलोर्का ४० अंक जोडेर ११औँ स्थानमा छ ।

यता, कोपा इटालिया फुटबलमा युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको सेमिफाइनलको दोस्रो लिगमा एक-शून्यको तथा समग्रमा दुई-एकको जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो । पहिलो लिग एक-एक गोलको बराबरीमा सकिएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?