काठमाडौं । ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’ प्राडा जयराज आचार्यलाई प्रदान गरिने भएको छ भने ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ चेतनाथ धमलालाई प्रदान गरिने भएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले श्रेष्ठको ११२औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानले उपाध्यक्ष प्राडा मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्राडा उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।
युगकवि श्रेष्ठ निरंकुुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोग्नुभएका एक निर्भिक सर्जकका रूपमा प्रसिद्ध हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच