नेपाल कुबेतसँग भिड्दा युएई ओमानसँग खेल्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन् ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमने सामने हुनेछन ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’बाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो । कुबेतले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता युएई आमुने सामुने हुनेछन् ।

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ बाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’ बाट दोस्रो स्थानमा रहेको टोली हो ।

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?