पानी परेपछि कुवेत र ओमानबीचको खेल रोकियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ ।

कीतिैपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमानले पछ्याइरहेको थियो ।

खेल रोकिने बेलासम्म ओमानले विना विकेटको क्षतिमा ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ । तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?