‘द अनब्रेकेबल: अगस्त्य’मा प्रमोद, रविन्द्र र विजय

Read Time = 2 mins

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’मा कलाकारको रूपमा अभिनेता प्रमोद अग्रहरि, रविन्द्र झा र विजय बराल भित्रिनुभएको छ ।

निर्माण युनिटले चलचित्रको मुख्य कलाकारको रूपमा यी तीन कलाकार भित्त्र्याएको हो । चलचित्रमा लागि यसअगाडि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत छनौट हुनुभएको छ ।

कलाकारसँगै निर्माण युनिटले चलचित्रको छायांकन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ । दुई च्याप्टरमा निर्माण हुने चलचित्रको कथा निर्देशक स्वयंको हो । उहाँले दुवै च्याप्टरको कथा तयार पारिसक्नुभएको छ । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्न लाग्नुभएको हो ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र वनारसमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । यो चलचित्रको छायांकन सञ्जय लामाले गर्दै हुनुहुन्छ । चलचित्रको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?