जेठ २ गते ‘नेसनल बैंकिङ डिस्कोर्स’ आयोजना हुने

Read Time = 3 mins

काठमाडौं । बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम अर्थात् ‘द नेसनल बैंकिङ डिस्कोर्स’ हुने भएको छ । बैंकिङ समाचारको आयोजना र नबिल बैंकद्वारा प्रायोजित कार्यक्रम जेठ २ गते काठमाडौंमा हुने भएको हो ।

कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा, इकोसिस्टमको डिजिटलाइजेसन अवस्था र चुनौती, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र भविष्य, दिगो अनि समावेशी विकासका लागि अहं वित्तीय साक्षरताको अपरिहार्यतालगायतका विषयवस्तुमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनबाट विद्यमान बैंकिङको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकमा भइरहने तरलता समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाह, मौद्रिक नीतिबाट बैंकमा भइरहेको निरन्तर दबाब, वित्तीय साक्षरता, वित्तीय सेवा, इकोसिस्टमको डिजिटलाइजेसनको अवस्था र चुनौतीलगायतका विषयमा हुने बृहत् परिसंवादले हालको अभूतपूर्व समस्या चुनौती, समाधान र तथ्यसहितका जवाफमार्फत् नयाँ मार्गदिशा तय गर्ने आयोजकको अपेक्षा छ ।

त्यस्तै, ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअपलाई प्रोत्साहन, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, उद्यमी–व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्त्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।

सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्वसन्ध्यामा आयोजना हुने कार्यक्रममा अर्थमन्त्री, गभर्नर, अर्थविद्लगायत अन्य विशिष्ट व्यक्तिको सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?