एक लाख रकमको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’हुने

Read Time = 2 mins

काठमाडौं । हेम सरिता पाठक फाउण्डेसनले एक लाख रकमको ‘भ्रष्टाचारविरुद्धको गीत’ प्रतियोगिता गर्ने जनाएको छ ।

उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेषित गर्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । गीतको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नुभएको हो । यसअघि पनि एक लाख रकमको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ ।

फाउण्डेसनले यसका अलावा पत्रकारिता, संगीत र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । यस्तै, नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदान तथा अमेरिकामा गरिब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?