मधेस सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मधेसमा २३ सांसदसहित पहिलो दलको रुपमा रहेको एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।

सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयो ।

गत पुस २७ मा एमालेलगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?