कास्पर स्काई साइबर सेक्युरिटी प्रशिक्षण

Read Time = 2 mins

काठमाडौं । कास्पर स्काई कम्पनीको साइबर सुरक्षासम्बन्धी एकदिने तालिम काठमाडौंमा सम्पन्न भएको छ । विश्वमा बढ्दै गएको साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कास्पर स्काई साइबर सुरक्षासम्बन्धी प्रशिक्षण दिइएको हो ।

वन कभर प्रालिको आयोजनामा काठमाडौंको टेक्सास इन्टरनेसनल कलेजमा भएको कार्यक्रममा वन कभरका प्रबन्ध निर्देशक चिरञ्जीवी अधिकारी, चिफ टेक्निकल अफिसर विष्णु ऐर, सागर ग्रुपका विलक्षण श्रेष्ठले सहभागीलाई नेपालमा साइबर सुरक्षाको अवस्था र सुरक्षाका लागि अपनाउनुपर्ने विषयमा तालिम दिएका थिए ।

टेक्सास कलेजमा अध्ययनरत म्यानेजमेन्ट तथा आइटी क्षेत्रका सयभन्दा बढी विद्यार्थीलाई तालिम दिइएको हो । टेक्सास कलेजकै सहयोगमा सञ्चालित प्रशिक्षण कार्यक्रममा सिएसआरआई नेपाल, एनपी सर्ट, सागर इन्फोसिसको सहभागिता रहेको थियो भने बीमा पोष्ट र आइसिटी फ्रेम मिडिया पार्टनरका रूपमा सहभागी थिए । सफ्टवेयर पार्टनरमा सफ्टवेयर स्टोर सहभागी थियो भने कार्यक्रममा टेक्सास कलेज आइटी विभाग प्रमुख ओमकार बस्नेतले संयोजन गर्नुभएको थियो । नेपालमा साइबर सुरक्षाको अवस्था जोखिमपूर्ण रहँदै आएको छ ।

आमप्रयोगकर्तामा साइबर सुरक्षाबारे आवश्यक सचेतना कम भएकाले मोबाइलको प्रयोग अझै जोखिमपूर्ण बन्दै गएको छ । कास्पर स्काई साइबर सुरक्षासम्बन्धी एप्लिकेसन निर्माण गर्ने कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?