सिमरामा ‘देववाणी’

Read Time = 2 mins

बारा । चलचित्र ‘देववाणी’को छायांकन सुरु गरिएको छ । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा रहेको यो चलचित्रको गत बुधबारबाट छायांकन आरम्भ गरिएको हो । बाराको सिमरामा चलचित्रको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो ।

चलचित्र क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा हुनुहुन्छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा बनिरहेको यो चलचित्र सिमरा, वीरगञ्ज, इटहरी र काठमाडौंमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेललगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा निराजन मेहता मञ्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता हुनुहुन्छ । महेन्द्र यादव कार्यकारी निर्माता रहेको चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?