किशोर कुमारको बायोपिकबाट अलग्गिँदै रणवीर कपुर

Read Time = 2 mins

मुम्बई । हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु पनि अब सावधान हुन थालेका छन् । कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन् ।

अभिनेता आमिर खानजस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन् । अब यो लाइनमा रणवीर कपुर पनि आएका छन् ।

यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर कुमारको बायोपिकबाट हात झिक्ने संकेत दिइसकेका छन् । यो फिल्ममा अब रणवीरको स्थानमा अर्का अभिनतो रणवीर सिंह जोडिने सम्भावना देखिएको छ ।

निर्देशक अनुराग बसु लामाे समयदेखि रणवीरसँग मिलेर किशोर कुमारको बायोपिक बनाउने तयारीमा थिए । तर रणवीरका लागि नयाँ अभिप्रायले निर्देशक बसुलाई समस्यामा परेको छ ।

केही समयअघि रणवीरले ११ वर्षदेखि आफूले किशोर कुमारको बायोपिकमाथि विचार गरिरहेको खुलाएका थिए । उनले निर्देशकले स्क्रिप्ट लेखिरहेको र आफ्ना लागि अर्को बायोपिकमा अभिनय गर्न पाउनु खुशीको कुरा भएको बताएका थिए ।

रणवीरले फिल्म ‘एनिमल’ पछि कुनै पनि फिल्ममा सम्झौता गरेका छन् । ‘तु झुठी मे मक्कार’ र ‘एनिमल’ पछि रणवीर अभिनयबाट ब्रेक लिन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?