सरकारले विदेशी चलचित्रको पक्षमा नीतिगत निर्णय गर्‍यो : निर्माता संघ

Read Time = 2 mins

काठमाडौं । नेपाल सरकारले विदेशी चलचित्रको पक्षमा गरिएको नीतिगत निर्णयले आफूहरूमर्माहत भएको निर्माता संघले जनाएको छ । विदेशबाट पैठारी हुने चलचित्रमा एक प्रतिशत भन्सार शुल्क लगाउने व्यवस्थाले विदेशी चलचित्रलाई प्रवद्र्धन गर्ने र राष्ट्रिय चलचित्र उद्योगलाई हतोत्साहित गर्ने उद्देश्य लुकेको समेत उल्लेख छ ।

चलचित्र पैठारी गरेबापतको शुल्क बढाउन चलचित्र विकास बोर्डलाई आग्रह गरे पनि नेपाल सरकार किन विदेशी सिनेमाप्रति उदार र स्वदेशी चलचित्रप्रति अनुदार किन भन्ने प्रश्न पनि संघले गरेको छ ।

‘विदेशी सिनेमाको प्रवद्र्धन गर्न सरकारले जारी गरेको बजेट वक्तव्यको ठाडो र घोर विरोध गर्दै हामी नेपाली फिल्मलाई यथोचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ संघले जारी गरेको वक्तव्यमा भनिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेट वक्तव्य निराशाजनक भन्दै अध्यक्ष नवल खड्काले आपत्ति जनाउनुभएको छ । उहाँले वर्तमान चलचित्र विकास बोर्डको नेतृत्व यसमा असफल भएको आरोपसमेत लगाउनुभएको छ । यस्तै अन्य कलाकारले पनि यसको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?