भोजपुर सदरमुकाममा सुरक्षाकर्मीबाट बिपद् सम्वन्धी डेमो प्रदर्शन  

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा आगलागी नियन्त्रण तथा बिभिन्न बिपद्‌को समयमा हुन सक्ने घटनाहरुलाई समेटेर सचेतनामुलक डेमो प्रदर्शन गरिएको छ । नेपाली सेनाको श्रीनयाँ श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसले संयुक्तरुपमा शनिवार बिहान आगलागी, भुकम्प, बाढी पहिरोलगायतका बिपत्‌का समयमा अपनाउन पर्ने सुरक्षा सावधानी, उद्धारका बिषयमा डेमो प्रदर्शन गरेको हो ।

जिल्ला बिपद् ब्यवस्थापन समिति भोजपुरको समन्वयमा गरिएको नमुना अभ्यासमा आगलागी, पहिरो, ग्याँस सिलिण्डरमा आगो नियन्त्रणलगायतका विभिन्न अभ्यासहरुको साथै डेमो प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

बिपद्‌मा परेका  घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने, पीडितको पुर्नस्थापना कसरी गराउने, गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजानेलगायतका विषय पनि डेमोमा प्रदर्शन गरिएको छ । आगो नियन्त्रण, भुकम्प, बाढी पहिरो सम्बन्धी डेमो मार्फत सचेतनामुलक कार्यक्रम गरिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी तथा बिपद् ब्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले बताउनुभयो ।

जिल्लामा हुने आगलागी, बाढी पहिरोलगायतका घटनाबाट कसरी बच्ने र बचाउने भन्ने बिषयको डेमाले आमनागरिकमा पनि सचेतनाका लागि महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई रहेको छ । प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपद्‌का घटनामा नेपाली सेनासहितको सुरक्षा निकायले उद्धार, खोज तथा राहत बितरणमा प्रभावकारी भुमिका निर्वाह गर्दै आई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?