अख्तियारद्वारा पचास हजार घुस रकमसहित वडा अध्यक्ष नियन्त्रणमा

Read Time = 1 min

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मिया पचास हजार घुसको रकमसहित पक्राउ परेका छन् । मियाले हिरावती आधारभुत विद्यालय बकधुवाको निर्माणाधिन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि ५० हजार घुस/रिसवत सेवाग्राहिबाट लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीबाट खटिएको टोलिले उनलाई विद्यालयबाट नियन्त्रणमा लिएको हो ।

सूचनाको आधारमा निज वडा अध्यक्ष मियालाई रिसवत रकम ५० हजार नगद रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?