पाठकलाई ‘मायाकै पिर’

Read Time = 2 mins

काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पीर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, संगीत, नारायण दंगालले संगीत संयोजन र प्रदीप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवं प्राविधिकको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रमपछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समीर कार्कीले रेकर्ड गर्नुभएको हो ।
कृष्ण रसालको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवं कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् ।

असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कसरी छाएको हुन्छ भन्ने यथार्थपरक भाव सुन्न सकिन्छ । गायक पाठकको केही समयअघि ‘तिमी नै तिमी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?