रोयल्टी संकलन सम्झौता

Read Time = 2 mins

काठमाडौं । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र समता स्कुल (समता शिक्षा निकेतन)बीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा स्कुलका प्रधानाध्यापक अजय अधिकारीबीच स्कुलमा गीत संगीतको सार्वजनिक प्रयोग भएवापत बिहीबार रोयल्टी संकलनको सम्झौता भएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले स्कुलमा हुने विविध सांगीतिक कार्यक्रममा गीत संगीत प्रसारण हुने भएकाले प्रसारित सामाग्रीवापतको रोयल्टीका विषयमा सम्झौता भएको जानकारी दिनुभयो । स्कुलका प्रधानाध्यापक अधिकारीले नेपाली गीत संगीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी संकलनमा स्कुलले पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?