सन्दीप र दीपेन्द्रलाई क्यानडाको ग्लोबल टी-२० मा अवसर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्रसिंह ऐरीले क्यानडाको ‘ग्लोबल टी-२० क्यानडा’ खेल्ने हुनुभएको छ । जुलाई २० देखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई सुरे ज्याग्वार्स र दीपेन्द्रलाई मोन्ट्रेयल टाइगर्सले अनुबन्ध गरेको हो । सुरे ज्याग्वार्समा सन्दीपसँगै बंगलादेशका लिटोन दास, पाकिस्तानका इफिखर अहमद, इंग्ल्याण्डका एलेक्स हेल्स र पाकिस्तानकै मोहम्मद हृयारिसजस्ता खेलाडी हुनुहुन्छ ।

यस्तै, दीपेन्द्रको टिममा बंगलादेशका अलराउण्डर साकिब अल हसन, वेस्टइण्डिजका अलराउण्डर आन्द्रे रसेल, कार्लोस ब्रोथवेट र अस्ट्रेलियाका क्रिस लिनजस्ता चर्चित खेलाडी हुनुहुन्छ । यसअघि ग्लोबल टी-२० मा खेल्नुभएका सोमपाल कामीले भने प्रतियोगितामा निरन्तरता पाउन सक्नुभएन । सोमपालले यसअघि विनिपेग हृवक्सबाट प्रतियोगिता खेल्नुभएको थियो । सन्दीपले यसअघि पनि ग्लोबल टी-२० खेल्नुभएको थियो । उहाँले यसअघि मोन्ट्रेयल टाइगर्स र टोरोन्टो नेसनल्सबाट खेल्नुभएको थियो ।

सन्दीपले यसबाहेक इण्डियन प्रिमियर लिग (आइपिएल) वेस्टइण्डिजको क्यारेबियन प्रिमियर लिग, बिग बास, पाकिस्तानी सुपर लिगजस्ता विश्वभरका चर्चित लिग खेलिसक्नुभएको छ भने दीपेन्द्रले पहिलोपटक विदेशी फ्रेन्चाइज लिग खेल्न लाग्नुभएको हो ।

एलपिएल अक्सन : सन्दीप अनसोल्ड
यता चौथो संस्करणको लंका प्रिमियर लिग (एलपिएल) खेलाडी छनोटको अक्सनमा सन्दीप लामिछाने अनसोल्ड हुनुभएको छ । तीस हजार अमेरिकी डलर बेस प्राइस हुनुभएका सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाएका हुन् । एलपिएलको इतिहासमा पहिलोपटक भइरहेको अक्सनमा सन्दीप अनसोल्ड हुनुभएको हो । सन्दीप अघिल्लो संस्करणमा डम्बुला जायन्ट्समा अनुबन्ध हुनुभएको थियो । तर, व्यक्तिगत कारणले उहाँले लिगमा सहभागिता जनाउन पाउनुभएन । यस संस्करणको एलपिएल ३१ जुलाई अर्थात् साउन १५ बाट सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?