सुनुवाइ समिति बैठकः प्रस्तावित प्रधानन्यायाधीश कार्कीद्वारा कार्ययोजना पेस, भोलि सवालजवाफ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको बिहीबारको संसदीय सुनुवाइ सकिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उहाँ उपस्थित हुनुभएकाे थियाे । बुधबार उजुरीकर्तासँग छलफल गरेको समितिले सुनुवाइका लागि बिहीबार कार्कीलाई बोलाइएको हो । सो क्रममा बैठकमा कार्कीले न्यायालयमा हुने विचौलियाको प्रभाव निस्तेज पार्नेसहितको कार्ययोजना पेस गर्नुभएकाे छ ।

आफूले न्यायाधीशको इमान कायम राखेको दाबी गर्दै उहाँले विचौलियाका गतिविधि सूक्ष्म निगरानीमा राख्ने जानकारी दिनुभयाे । उहाँको बिहीबारको सुनुवाइ सकिएको छ । शुक्रबार फेरि सुनुवाइ हुनेछ । त्यसबेला सांसदहरुले उहाँको कार्ययोजनासहितका विषयमा प्रश्न गर्नेछन् भने कार्कीले जवाफ दिने कार्यक्रम छ ।

१ फागुन २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ । उहाँलाई गत २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?