पार्वती शाहीको ‘पहिलो रात’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पार्वती शाहीको कथासंग्रह ‘पहिलो रात’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रमबीच मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह, कथाकारद्वय राजेन्द्र पराजुली र बिनाथिङ तामाङले कृतिको लोकार्पण गर्नुभएको हो ।

कथामाथि बोल्दै बिना थिङ तामाङले पहिलो कथासंग्रह भए पनि कथा पढ्दा स्थापित लेखकको जतिकै रोचक र नयाँ विषयवस्तु र आञ्चलिकता भएको कथाहरू समावेश भएको जिकिर गर्नुभयो । कथाकार राजेन्द्र पराजुलीले महिला लेखक भए पनि पुरुष र महिलाको विषयवस्तु शसक्त कथाहरू आएको बताउनुभयो ।

कथाकार महेशविक्रम शाहले कथा लेखक क्लबमा स्वागत गर्दै सुदूरपश्चिमको आञ्चलिकता, विषय कथा आएको जनाउनुभयो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?