युथ पार्लियामेन्टका अध्यक्ष अर्याललाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार

Read Time = 2 mins

काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित हुनुभएको छ । लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आउनुभएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट एक लाख नगद रुपैयाँसहित सम्मान गरेको हो । युवाका विभिन्न क्षेत्रमा प्रत्येक वर्ष १० जना युवालाई गरिँदै आएको सम्मान यसपटक युवा सशक्तीकरण र नेतृत्व विकास क्षेत्रबाट अर्याल सम्मानित हुनुभएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका-४ ढोलामा जन्मिनुभएका ३२ वर्षीय अर्यालले ग्लोबल युथ पार्लियामेन्टलाई अहिले विभिन्न देशमा फैलँदै ८६ मुलुकमा शाखा विस्तार गरिसक्नुभएको छ । यस्तै, उहाँले ८० बढी देशका युवालाई सहभागी गराएर युवाको राष्ट्रिय सम्मेलनसमेत गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलगायतको सहभागिता रहेको थियो ।

अर्याललाई यसअघि नेपाल सरकारले ‘समाजसेवा रत्न २०७९’ विभूषणबाट पनि विभूषित गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?