झापामा अलग-अलग घटनामा तीन जनाको मृत्यु

रासस
Read Time = 2 mins

झापा । झापामा अलग-अलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका-२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । भद्रपुर नगरपालिका-७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई आज बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

यसैगरी पूर्वपश्चिम राजमार्गको शिवसताक्षी-९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१-०२-००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१-०१-००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उहाँकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेको प्रहरीले जनाएको छ ।

गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिाका-१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी-७ का ४० वर्षीया मुना साह घाइते भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?