मदन जयन्तीका सन्दर्भमा विशेष प्रवचन र कविगोष्ठी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिद्वारा शुक्रबार जननेता तथा स्रष्टा मदन भण्डारीको ७२औं जन्मजयन्तीका सन्दर्भमा विशेष कविगोष्ठी तथा प्रवचन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी समिति सदस्य तथा सांसद रघुजी पन्तले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजको मार्गमा इमानदारीका साथ हिँडेमा समाज रूपान्तरण सम्भव भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक रूपान्तरण आजको आवश्यकता रहेको हुँदा सांस्कृतिकर्मीहरू यसतर्फ प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले जननेता तथा स्रष्टा भण्डारीको जन्मजयन्तीका अवसरमा महासंघका प्रदेश तथा जिल्ला कमिटीहरूको आयोजनामा देशभरि सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना भइरहेको बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महासंघका उपाध्यक्ष आरसी न्यौपानेले नेपाली हावा, पानी र माटो सुहाउँदो मौलिक विचार र दर्शनका प्रवर्तक मदन भण्डारीको विचार तथा दर्शन आजको समयमा झन्झन् सान्दर्भिक हुँदै गएको बताउनुुभयो ।

कार्यक्रममा प्रा.जगत्प्रसाद उपाध्याय, प्राडा.देवी नेपाल, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, राम विनय, देवु लुइँटेल, रुपेश अलंकार, नमुना शर्मा, नन्दु उप्रेतीलागयतले कविता सुनाउनुभएको थियो । कार्यक्रमको सहजीकरण महासंघका महासचिव अशोक राईले गर्नुभएको थियो । उक्त अवसरमा दही-चिउरा खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?