हरिवन नगरपालिकाको ७ औँ नगर सभा उद्घाटन

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही ।सर्लाहीको हरिवन नगरपालिकाको ७ औँ नगरसभा आज उद्घाटन भएको छ ।

मेयर कमल बुढाथोकीको अध्यक्षतामा पूर्व मन्त्री हरिप्रसाद उप्रेतीले सभाको उद्घाटन गर्नुभएको हो। सभामा आर्थिक वर्ष २०८०/८१ का लागि ६२ करोड बढीको बजेट ल्याएको छ ।

स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट पेस गरी १५ दिनभित्र पारित गर्नुेपर्ने व्यवस्था रहेकोमा हरिवन नगरपालिकामा भने फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादले १० दिन ढिलो गरी नगर सभा प्रारम्भ गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।

नगरसभाको उद्घाटन समारोहमा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतले मन्तव्य राख्नुभयो । सर्लाहीमा २० वटा पालिकामध्ये अब हरिपूर्वा नगरपालिकाले मात्रै नगरसभा गर्न बाँकी छ ।

हरिपूर्वामा करिव तीन महिनादेखि नगरपालिका कार्यालयमा लगाइएको तालाबन्दी केही दिनअघि मात्रै खुलेको छ । सर्लाहीका अरु १९ वटा पालिकाले बजेट ल्याइसकेका छन् ।

उनीहरु अहिले बजेटलाई अन्तिम रुप दिने तयारीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?