विमान अपहरणको कथामा ‘९एनएबीबी’ निर्माण हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विसं २०३० सालताका नेपालमा भएको पहिलो विमान अपहरणको विषयमा आधारित रहेर चलचित्र ‘९एनएबीबी’ निर्माण हुने भएको छ । थण्डर प्रोडक्सनले यो चलचित्र बनाउन लागेको हो । विमान अपहरणमा आधारित यो पहिलो नेपाली चलचित्र हुने निर्माण पक्षको दाबी छ ।

यो चलचित्र आगामी २०८३ जेठ २८ गते सिनेमाघरमा ल्याउने तयारी निर्माणपक्षको छ । यो मिति विमान अपहरणको ५३ वर्षपछिको हो ।
चलचित्रमा विजय कार्कीको निर्देशन रहनेछ । उहाँका अनुसार चलचित्रको कथा अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक कथामा चलचित्र बनाउन लागिएकाले नेपाली चलचित्रमा नाम चलेका कलाकारलाई लिइने उहाँले जानकारी गराउनुभयो ।

‘चलचित्रले केही लुकेका कथालाई पनि बाहिर ल्याउने छ । त्यो बेला खास के भएको थियो भन्ने कुरा पनि थाहा हुनेछ । यो घटनासँग जोडिएका र सरोकारवाला व्यक्तिहरूसँग हामी नियमित सम्पर्कमा रहेर कथा तयार पार्दैछौं’, निर्देशक विजयले भन्नुभयो, ‘यो चलचित्रले विमान अपहरणको योजना कसरी बन्यो र त्यसपछि के भयो भन्ने कुरा देखाउनेछ ।’

यो विमान पञ्चायतका विरुद्धको आन्दोलनका बेला अपहरण गरिएको थियो, जसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?