बर्दिया काँग्रेसले जनप्रतिनिधिसहित १५ जनालाई स्पष्टीकरण सोध्यो

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दिया बहुमुखि क्याम्पस लक्ष्मणाको व्यवस्थापन समितिको निर्वाचनमा बिपक्षी टिमलाई सहयोग गरेको भन्दै नेपाली काँगे्रस अनुशासन समिति बर्दियाले १५ जनालाई स्पष्टीकरण सोधेको छ ।

क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनमा लोकतात्रिक उम्मेद्वारलाई हराउनको लागी महत्वपूर्ण भुमिका खेलेको भन्दै बाँसगढी नगरकार्य समितिको सिफारिसमा नेता, जनप्रतिनिधि र कार्यकर्तासहित १५ जनालाई स्पष्टीकरण सोधिएको नेपाली काँग्रेस बर्दियाका अनुशासन समितिका संयोजक जग्गाप्रसाद पाण्डेले बताउनु भयो ।

क्याम्पसको निर्वाचनमा प्रतिपक्ष उम्मेदवारलाई जिताउनमा महत्वपुर्ण भुमिका खेलेको पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनको लागी महत्वपूर्ण भुमिका खेलेको प्रमाण फेला परेको भन्दै स्पष्टीकरण सोधिएको बताइएको छ । स्पष्टीकरणपत्रमा चित्त बुझ्दो जवाफ नआएमा कार्वाहि गरिने काँग्रेस बर्दियाले जनाएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार मानबहादुर ओलीलाई पराजित गर्दै बाम गठबन्धनका उम्मेदवार सुन्दुर ढकाल विजयी हुनुभएको थियो । उहाँ नेकपा एमालेका उम्मेदवार हुनुहुन्थ्यो ।

नेपाली काँग्रेस बासगढी नगरपालिकाका नगर सचिव ओम प्रकाश पौडेलले उम्मेदवार छनौट कार्यदलले गरेको निर्णयलाई असहयोग गरेको हुँदा छनौट समिति र नगरसमितिले जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?