गुल्मीमा लम्पी स्किनबाट आठ हजार बढी गाईभैँसी संक्रमित, ३३२ पशु मरे

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी, साउन १६ गते । गुल्मीमा लम्पी स्किनबाट आठ हजारबढि गाईभैँसी संक्रमित भएका छन् । यस जिल्लामा आठ हजार ६०४ गाईभैँसी लम्पी स्किनबाट संक्रमित भएको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय रहेको यस जिल्लामा पशुहरुमा लाग्ने भाइरल लम्पी स्किन रोगबाट ३३२ गाईभैँसी मरेका छन् । जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार चन्द्रकोट गाउँपालिकामा एक हजार १६४ गाईभैँसी संक्रमित छन् । जसमा १९ गाई/गोरुको मरेका छन् ।

मुसिकोट नगरपालिकामा ३९० गाई/गोरु संक्रमित छन् । जसमा १६ गाई÷गोरुको मरेका छन् । रेसुङ्गा नगरपालिकामा ५५४ गाईभैँसी संक्रमित छन् । जसमा ३० गाई/गोरुको मरेका छन् । इस्मा गाउँपालिकामा ५७८ गाईभैँसी संक्रमित छन् । जसमा १६ गाई÷गोरु मरेका छन् । मालिका गाउँपालिकामा एक हजार ७९ गाईभैँसी संक्रमित छन् । जसमा २६ गाई÷गोरु मरेका छन् ।

मदाने गाउँपालिकामा दुई हजार ६७५ गाईभैँसी संक्रमित छन् । जसमा ५५ गाई/गोरु मरेका छन् । धुर्कोट गाउँपालिकामा ३३२ गाईभैँसी संक्रमित छन् । जसमा ३५ गाईभैँसी मरेका छन् । गुल्मीदरबार गाउँपालिकामा ५९९ गाईभैँसी संक्रमित छन् । जसमा ३८ गाई÷गोरु मरेका छन् । छत्रकोट गाउँपालिकामा २१५ गाईभैँसी संक्रमित छन् । जसमा २१ गाई÷गोरु मरेका छन् ।

त्यस्तै, सत्यवती गाउँपालिकामा ३९२ गाईभैँसी संक्रमित छन् । जसमा ८ गाई/गोरु मरेका छन् । रुरु क्षेत्र गाउँपालिकामा २०१ गाईभैँसी संक्रमित छन् । जसमा २८ गाई÷गोरु मरेका छन् । कालीगण्डकी गाउँपालिकामा ४२५ गाई/गोरु संक्रमित छन् । जसमा ४० गाई/गोरु मरेका छन् ।

लम्पी स्किनबाट संक्रमित गाई/गोरु र भैँसी/राँगा गरी सात हजार २८ को उपचार गरिएको जसमध्ये हालसम्म चार हजार ६१० निको भएका छन् । दुई हजार २५६ गाईभैँसीको उपचार भइरहेको छ । यस जिल्लामा लम्पी स्किन विरुद्धको खोप हालसम्म नौ हजार १७९ लगाइएको पशु चिकित्सक डा. मदन भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?