आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज(बिहीबार)को मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९४, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याँज सुकेको ४५, लौका ४०, हरियो फर्सी ६०, स्कूस ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाँजर १००, बन्दा लोकल १०, मूला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली १००, कागती १३० रुपैयाँ, भिण्डी ३५, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३२० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा९मुंगरी० २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १८०, हरियो धनिया ८०,लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, रुख कटहर ३०, भेडे खुर्सानी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?