झोलुंगे पुल मर्मतपछि आवतजावतमा सहज

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कर्णाली राजमार्ग र कर्णाली करिडोरलाई जोड्ने कालीकोटको जितेगडामा रहेको झोलुंगे पुल मर्मतपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । अविरल वर्षाका कारण गतवर्ष झोलुंगे पुलमा क्षति पुगेको थियो । वर्षासँगै आएको भेलले जितेगडा बजारसहित पुलमा क्षति पुगेपछि आवतजावत गर्न कठिनाइ भएको थियो ।

कालीकोटको खाँडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली र तिला नदीको दोभानमा रहेको उक्त पुल सामाजिक सञ्जालमा पनि निकै भाइरल हुन पुग्यो । सामाजिक सञ्जालमा चर्काे आलोचना र काठको भ¥याङबाट आवतजावत गर्न स्थानीयले काठको पुल बनाएपछि कर्णाली प्रदेश सरकारले सडक पुल मर्मतका लागि आर्थिक वर्ष २०७९/०८० को २० लाख बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय कालीकोटले उपभोक्ता समितिमार्फत पुल मर्मत गरेपछि आउजाउ गर्न सहज भएको छ । पूर्वाधार विकास कार्यालय कालीकोटका प्राविधिक लक्ष्मण पाण्डेले सुरुमा झुलंगे पुल बनाइरहेको निकायले आफैँ बनाउने भनेका कारणले ढिलो भएको बताउनुभयो । उहाँले सञ्चार माध्यममा निकै आलोचना हुन थालेपछि प्रदेश सरकारले तत्काल मर्मत गर्न यही असारमा बजेट पठाएपछि कार्यालयले ठेक्का खोल्दा कसैले ठेक्का नहालेपछि उपभोक्ता समितिमार्फत पुल मर्मत गरेको जानकारी दिनुभयो ।

पुल मर्मतका लागि १९ लाख ७० हजार बजेट लागत अनुमान गरिएको र अहिलेसम्म नौ लाख खर्च भएको बताउनुभयो । उहाँले केही मर्मत अझै बाँकी रहेको भएपनि नागरिकलाई आउजाउ गर्न भने सहज भएको जानकारी दिनुभएको छ । लठ्ठालाई कस्न बाँकी छ काम भइरहेको छ । आगामी वर्ष थप भुक्तानी हुनेछ ।

बाढीले आधा पुल बगाएपछि स्थानीयले भ¥याङ बनाएर कामचलाउ बनाएका थिए । पुल बगाएको लामो समयसम्म मर्मत नहुँदा नागरिकलाई निकै सास्ती थियो ।

नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलातालाई जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो ।

गत वर्ष बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइलगायत संरचनामा ठूलो क्षति पु¥याएको थियो । कालीकोटका पाँचवटा स्थानीय तहसहित हुम्ला र बाजुराबाट आउने यात्रुको सहजताका लागि जितेगडाको क्षतिग्रस्त पुलमा भ¥याङ बनाइएको थियो ।

कर्णालीपारिका साबिकका १७ गाविसका बासिन्दाको मुख्य हाटबजार मानिने खुलालु सदरमुकाम मान्मपछिको दोस्रो व्यापारिक केन्द्र हो । अचेल बाढीले बजार र पुल क्षतिग्रस्त बनाएपछि सुनसान छ ।

दैनिक झण्डै ५०० जनाले आवतजावत गर्ने पुलमा पुल क्षतिग्रस्त पछि दैनिक एक सय जनाले मात्र वारपार गर्दै आएका थिए । त्यही पुलबाट कर्णाली राजमार्गको छहराबाट सुर्खेत जाने र मान्म आउने सयौँ यात्रुहरू ओहोरदोहोर गरिरहेको बस समितिका संयुक्त काउण्टरका एक प्रतिनिधिले बताए । अहिले जितेगडाको झोलुंगे पुल मर्मतपछि स्थानीय र व्यवसायीलाई समेत सहज भएको छ ।

कर्णाली राजमार्गको जिते छहराबाट दैनिक रूपमा सामान ओसारपसार गर्ने भरिया र अन्य यात्रुलाई समेत पुलबाट वारपार गर्न सहज भएको सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर-६ का स्थानीय मदनराज सञ्जालले बताउनुभयो । ‘पुलमा अझै पनि जोखिम छ, फेरि ठूलो वर्षा भएपछि पहिलेकै अवस्था नहोला भन्न सकिन्न उहाँले भन्नुभयो, पुलमा धेरैको संख्यामा आऊजाऊ गरे पुल हल्लिने र पुलका लठ्ठा चुँडिनेसमेत समस्या रहेको उहाँको भनाइ छ । फेरि पनि अविरल वर्षा भए उक्त झोलुंगे पुल क्षतिग्रस्त हुनसक्ने धेरैको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?