सिटिजन्सका साढे सात करोड फण्ड सूचीकृत

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स सुपर ३० फण्डका सात करोड ५० लाख ७२ हजार तीन सय ९० इकाई नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई मंगलबार सूचीकरण भएका हुन् ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठलगायतको उपस्थितिमा इकाईहरू सूचीकरण गरिएको कम्पनीले जनाएको छ । बुधबारदेखि उक्त योजनाका इकाईको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?