भारतविरुद्धको सिरिज वेस्ट इन्डिजलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो ।

जितका लागि भारतले दिएको १६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । वेस्टइन्डिजको जितमा ओपनर ब्रेन्डन किंगले अविजित ८५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै, निकोलस पुरन ४७, शाई होपले २२ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

भारतका सूर्यकुमार यादवले ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, तिलक बर्माले २७ रन रन बनाए । वेस्टइन्डिजका रोमारियो शेफर्डले सर्वाधिक ४ विकेट लिए ।

यस्तै, स्पिनर अकिल हुसैन तथा जेसन होल्डरले समान २-२ विकेट लिए । पहिलो खेल चार रन र दोस्रो खेलमा वेष्ट इन्डिज २ विकेटले विजयी भएको थियो । त्यसपछिका दुई खेलमा भारत क्रमशः ७ र ९ विकेटले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?