नेमार पनि साउदी क्लबमा

Read Time = 2 mins

साउदी । ब्राजिलियन फरवार्ड नेमार पनि साउदी क्लबमा अनुबन्धित हुनुभएको छ । नेमार साउदी प्रो-लिग क्लब अल हिलालसँग अनुबन्धित हुनुभएको हो । पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी क्लब अल हिलालबीच नेमारका विषयमा सम्झौता भएको हो ।

अल हिलालले नेमारका लागि ९० मिलियन युरो र थप बोनससहित सम्झौता गरेको हो । अब नेमार स्वास्थ्य परीक्षण र कागजी प्रक्रियापछि अल हिलालबाट खेल्नुहुनेछ । नेमारले अल हिलालबाट वार्षिक १५० मिलियन युरो प्राप्त गर्नुहुनेछ । जुन उहाँले पिएसजीमा पाउनेभन्दा दोब्बर बढी रकम हो ।

नेमार सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमान रकम २२२ मिलियन युरोमा पिएसजीसँग अनुबन्धित हुनुभएको थियो । पछिल्लो समय चोटका कारण धेरैपटक मैदानबाहिर रहनुभएका नेमारलाई प्रशिक्षक लुइस इन्रिकेले शनिबार लोरियन्टसँग लिग वानको पहिलो खेलमा समावेश गर्नुभएको थिएन । पिएसजीबाट उहाँले १७३ खेल खेल्ने क्रममा १३ उपाधि जित्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?