एञ्जिलाको नाममा लि निङको टिसर्ट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लि निङ कम्पनीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको नाममा टिसर्ट सार्वजनिक गरेको छ । सुब्बा उक्त कम्पनीकी ब्राण्ड एम्बेसडर पनि हुनुहुन्छ । लि निङले एञ्जिलाका नाममा ४ वटा रङको टिसर्ट सार्वजनिक गरेको हो ।

नेपाली खेलाडीका नाममा कुनै पनि कम्पनीले तयार गरेको यो पहिलो टिसर्ट हो । नेपालका लागि लि निङको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिका अध्यक्ष राजन महर्जनले उहाँको नामका टिसर्ट बजारमा उपलब्ध हुने जानकारी दिनुभयो । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, पूर्वकप्तान तथा महिला राष्ट्रिय टोलीकी मुख्य प्रशिक्षक बालगोपाल महर्जन र पूर्वराष्ट्रिय खेलाडी प्रदीप महर्जनले शनिबार आयोजित कार्यक्रममा एञ्जिलालाई अलग-अलग टिसर्ट हस्तान्तरण गर्नुभएको थियो ।

लि निङले गत वर्ष एञ्जिलालाई ब्राण्ड एम्बेसडर चयन गरेको थियो । एञ्जिलाको जीवन कथाका आधारमा निर्माण हुने फिल्म अञ्जिलामा उहाँले लि निङकै खेल पोशाक प्रयोग गर्नुहुनेछ । एञ्जिलाले आफ्ना लागि लि निङले नामसहितको टिसर्ट तयार गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । लि निङले नेपाली राष्ट्रिय महिला, पुरुष बास्केटबल टोली, ए डिभिजन क्लब संकटा क्लब र बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनलाई प्रायोजन गर्दै आएको छ ।

यस्तै, पूर्वकप्तान उपेन्द्रमान सिंह र महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले दरबारमार्गस्थित दरबार मलमा लि निङको नयाँ शोरुमको उद्घाटन गर्नुभएको छ । लि निङको यो पाँचौँ शोरुम हो । यसअघि जावलाखेल, बौद्ध, भरतपुर र त्रिशुलीमा लि निङको शोरुम खोलिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?