आयरल्याण्डमाथि भारतको जित

हिमालय टाइम्स
Read Time = 2 mins

दिल्ली । तीव्र गतिका बलर तथा कप्तान जसप्रित बुमराहको उत्कृष्ट पुनरागमन प्रदर्शनमा भारतले पहिलो टी-२० आई खेलमा आयरल्याण्डलाई डकवर्थ लेविस पद्धतिका आधारमा दुई रनले पराजित गरेको छ । जितका लागि आयरल्याण्डले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भारतले ६.५ ओभरमा दुई विकेट गुमाउँदै ४७ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल रोकिएपछि भारत डकवर्थ लेविस पद्धतिका आधारमा विजयी भयो ।

भारतका लागि ओपनर ऋतुराज गायकवाड १६ बलमा १ चौका र १ छक्कासहित १९ रन र सञ्जु स्यामसन १ रनमा नट आउट रहनुभयो । अर्का ओपनर यशस्वी जैसवालले २४ रन जोड्नुभयो । आयरल्याण्डका क्रेग योंगले ५ बलमा २ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । आयरल्याण्डका ब्यारी म्याकार्थीले ३३ बलमा ४ चौका र ४ छक्कासहित ५१ रनको नट आउट पारी खेल्नुभयो ।

यस्तै, कर्टिस क्याम्फर ३३ बलमा ३ चौका र १ छक्कासहित ३९ रन, पल स्टर्लिङ ११ रनमा आउट हुनुभयो । भारतका जसप्रित बुमराहले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिनुभयो । रवि विश्रोई र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिनुभयो । अब यी दुई देशबीचको दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?