बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका-४ कानाबगर स्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ-बुर्तिबाङ-पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ लगायतका स्थानमा छुटेका मालवाहक तथा सवारी साधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिनुभयो ।

बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उहाँ बताउनुहुन्छ । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उहाँको भनाइ छ ।

‘केही दिन भयो दिनदिनै पानी परि राखेको छ, हिँजोदेखि एकदम ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडीहरू जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो– ‘वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने संभावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पुर्याउने देखिन्छ ।’

यसखण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात संचालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?