‘सखी मिलन कार्यक्रम’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । तीजको अवसर पारेर ‘सखी मिलन कार्यक्रम’ सम्पन्न गरिएको छ । सखी प्रतिष्ठानले एक विशेस समारोहबीच प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलको सभापतित्वमा कार्यक्र सम्पन्न भएको हो ।

राष्ट्रिय सूचना आयोगकी सूचना आयुक्त मा. कमला ओली, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं प्रतिष्ठानका प्रमुख सल्लाहकार राधेश्याम लेकाली, विश्व हिन्दु महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी, समाजसेवीहरू अस्मिता सुमार्गी, सिर्जना भेटवाललगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा गायक प्रकाश खड्का र गायिका रितु कँडेलले विभिन्न गीतगाउनु भएको थियो भने सामूहिक नृत्यमा सबैले सहभागिता जनाएका थिए ।

कार्यक्रममा साहित्यकार पदुमावती सिंह, शीला पन्त, किशोर पहाडी, सुशीला देउजा, माया पौडेल, भगवती बस्नेत, मुरारी सिग्देल, निर्मलरमण पराजुली, डा.शशी थापा, राजेन्द्र केसी, रत्नलक्ष्मी श्रेष्ठ तथा समाजसेवी माला खरेललगायत ७० जनाभन्दा बढीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?