कविता : अन्तरभेद

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ सुरेशकुमार भट्ट

जे जे लेखेको छ भोग्नु पर्दछ मृत्युसम्म नै
कष्ट हुन्छ सारा रोग सामना गर्न रोगी भै ।
तसर्थ जब लाग्दछ बेथा प्वाक्क मृत्यु होस्
स्याहार कसैले गर्न एक दिन पनि नपरोस् ।

रोगी सिन्याहा घिन्याहा भई बस्नुभन्दा बरु
रोग लाग्ने बित्तिकै लैजावस प्राण पखेरु ।
बाँचुन्जेल सुखसन्तोष मर्दा हाई हाई होस्
एकदिन मर्नैपर्छ जे छ कृति अमर होस् ।

भ्रष्टको दलीय कात्रो लाशमाथि नराखनु
जिउँदैमा जलेको छु मर्दा आँसु नझारनु ।
आर्यघाट ब्रहृमनाल ढोँग हो लाशमाथिको
खाल्डो गहिरो खनी गाड माटो नै मेरो साछी हो ।

माटो मै जन्मिएँ हुर्कें खाँदा खेल्दा साथी हुँदा
हुँ माटोकै ‘म’ तर के गरेँ मैले ? माटो रुँदा ।
ज्यूँदोमा न पुछेँ आँसु तिमी धरधरी रुँदा
क्षमापाऊँ है माता काखैमा हुन्छु समाधिता ।

रगतमासु बैंस खर्चें सबै ती झोल्नमोल भो
बाँकी भाको हाड छाला यो तिम्रै वंशअंग हो ।
भो म नमरूँ ‘आमा’ कतै अन्यत्र देश देशान्तर
सीताभै आउँछु हे ‘आमा’ राखीदेऊ धर्तीअन्तर ।

हाल : अमेरिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?