एनएनआइपिए कार्यसमितिलाई सदस्य-सचिवको बधाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई सोमबार बधाई दिनुभएको छ । सदस्य-सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नवनिर्वाचित पदाधिकारीलाई भेटी बधाई दिनुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभयो ।

भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारणसभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । साधारणसभाका अवसरमा राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा लामो समयदेखि कार्यरत कृष्णहरि घिमिरेलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?