सरकार नालायक भयो, जसरी भए पनि मिल्काउनुपर्छ : ओली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार नालायक र अयोग्य भएकाले जसरी भए पनि हटाउनुपर्ने बताउनुभएको छ । आइतबार ओखलढुंगाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भन्नुभयो, ‘यो सरकार यति नालायक र अयोग्य छ कि प्रधानमन्त्रीले आफैँ राजीनामा दिनुपर्ने हो । तपाईँहरू भन्नुस् त, यस्तो सरकार राख्न हुन्छ ? तपाईँ/हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।’

अहिलेको सरकारले जनतालाई नभई सुनलाई मात्रै हेर्ने गरेको उहाँको आरोप थियो । पहिला पहिला बूढाबूढीले माटो छुँदा अन्न होस्, ढुंगा समाउँदा द्रव्य होस् भन्दै आशीष दिन्थे अहिले माओवादीको सरकारले जे छोयो त्यो सुनै सुन भएको छ, उहाँले व्यंग्यात्मक शैलीमा भन्नुभयो ।’ अहिलेको सरकारले हिंसा मात्रै फैलाएर जनतालाई शान्ति र विकास दिन नसकेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘विभिन्न साम्प्रदायिक दंगा भड्किएको छ, नेपाली जनतालाई भड्काउने खेल भइरहेको छ, तर सरकार कानमा तेल हालेर बसेको छ ।’

शिक्षक गुरु लुइँटेललाई तत्कालीन माओवादीले २०६० सालमा यातनासहित झुण्ड्याएर मारेको थियो । उक्त झुण्ड्याइएको स्थानमा गुरु स्मृति पार्क स्थापना गरिएको छ । लुइँटेललाई नेपाल सरकारले शहीद घोषणासमेत गरेको छ । उहाँको अर्धकदको सालिकसहित स्मृति पार्क निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको स्मृति पार्क एमाले अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?