खनाललाई अमेरिकाका लाइफटाइम अचिभमेन्ट अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

बष्टन (अमेरिका) । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक अध्यक्ष र वरिष्ठ लोकदोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०२३’बाट सम्मानित हुनुभएको छ । उहाँ अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने उक्त अवार्डबाट सम्मानित हुनुभएको हो ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको विशेष प्रमाणपत्रसहितको पुरस्कार उहाँले प्राप्त गर्नुभएको हो । हृवाइट हाउसका तर्फबाट राष्ट्रपति बाइडेनले लेखेको सम्मानपत्र पनि उहाँले पाउनुभएको छ । आफ्नो जीवनकालमा चार हजार घण्टाभन्दा बढी समय स्वयंसेवीका रूपमा योगदान दिनेहरूको उच्च कदर गर्दै राष्ट्रपतिले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने परम्परा छ ।

विगत चार दशकदेखि गीतसंगीत, साहित्य, कलाकारिता र पत्रकारितामा सक्रिय खनाल विभिन्न व्यवसायमा पनि संलग्न छन् । ‘एक्स्ट्रा अर्डिनरी’ ग्रीनकार्ड लिएर उहाँ विगत १७ वर्षदेखि अमेरिकाको भर्जिनिया बसोवास गर्दै आउनुभएको छ । खनालका लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित छन् । उहाँ अमेरिकामा विभिन्न नेपाली संघसंस्थामा आबद्ध हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?