नेपाली हास्यव्यङ्ग्य धाराका विविध विधामार्फत प्रौढोक्ति गर्जन गर्न सामथ्र्य राख्ने हास्यव्यङ्ग्यकारमध्ये कुन्द पूmलजस्ता मुुकुुन्द खाँटी तथा आँटी कलमका वक्रोक्तिमा सदावहार फुलिरहेका सुवासिला कलम हुन् । आजभन्दा असी वर्षअघि मकवानपुर गढीमा आमा टुककुुमारी आचार्य र बाबा सीतारामका कोखमा च्याँहाँ गरेर यहाँ बोलेका उनी परिवारजनका आशा र भरोसाका केन्द्र नै थिए । आफ्नो शिक्षण कौशललाई विद्यालयदेखि विश्वविद्यालयसम्म ३७ वर्ष अविचल सेवारत आचार्य पत्रकारिता र लेखनमा पनि उत्तिकै सशक्त व्यक्तित्व हुन् ।
निवृत्त जीवनको उत्तरार्ध पुुग्दा पनि उनको लेखनी विश्राम लिनै मान्दैन । गत असोज १९ गते नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको सतचालीसौं स्मृति दिवसको तिथिमितिमा ‘भैरव पुरस्कार गुठी’—ले आपूm प्रकाशक भई विमोचन गराएको रुचिकर उनको ‘अथ हाकिमोकवाच’ हास्यव्यङ्ग्य कृति र निबन्धलेखन प्रवृत्तिबारे छोटो चर्चा यो लेखको केन्द्रबिन्दु बनाउने प्रयास गरेको छुु ।
एकसय बाह्र पेजमा छोटा तर मोटा खँदिला र गहकिला कायमा हँसाउन तथा छेडखान गर्न विभिन्न पत्रिकामा छरिएर रहेका निबन्धका मुठालाई जम्मा गरेर छरितो भारी भैरव पुरस्कार गुुठीले हालिदिएर अनुपम काम गरेको छ । नेपाली साहित्य र राजनीति शास्त्रका अध्येता आचार्य निबन्धकार, मुक्तकार, अनुुवादक र गवेषकमात्र नभएर कुुशल समीक्षक पनि हुन् । आधा दर्जनभन्दा बढी उनका प्रकाशित कृतिहरू कालिक आबाजलाई ध्वनित गर्दै सुुधार र उदारको पक्षमा गुहार लगाइरहेका छन् । यो निबन्धसङ्ग्रहको दामी नामकरण गरिएको शीर्षक भने ‘अथ हाकिमोकवाच’ हो । झन्नै बाह्रसय शब्दको हारहारीमा प्रशासनतन्त्रका बेथिति र अनुुत्तरदायी दुुर्वृत्तिमा कतै कलम घोचो बनेको छ भने कतै सुुई दिएर खुुई ! खुुई ! पारेको छ ।
यस पुस्तकमा वक्रोक्तिमार्फत पञ्चोपचारको रोचक–घोचक अभिव्यञ्जनाले कर्मचारीतन्त्रमा मौलाएको छाडापन, अपारदर्शिता, कुुशासन प्रवृत्तिलाई सजीव वाक्पद्धति, कालजयी उखान र आनुुप्रासिकता सजाएर होसियार बनाउन भगीरथ कसरत गरेका छन् मुकुन्द आचार्यले साँच्चैको आचार्य बनेर ।
स्थायी सरकारका रूपमा रहने प्रशासन यन्त्र हदैसम्म दायित्वहीनबनेको देखेर कलम शल्यक्रियाको लागि कुुनै बेलाकैँची बनेको छ भने कहिले धागो र सियो पनि । कर्मचारीका कुुलक्षण र विलक्षण बन्न पुुगेका ढीलासुस्ती, कार्यालयमा हाकिमको अतिथिको जस्तो उपस्थिति, कार्यालयीय कागज र अभिलेखको असरल्ल थिति, सुुतुुवा बानी भएका कुुम्भकर्णे कामचोरहरूका गलत बानीमा कोर्रा हानेका छन् । अफिसको समयमा निजी काम गर्ने, घुुस वा रिस्वतलाई लक्ष्मीको प्रसाद बनाएर भागशान्ति जयनेपाल ! बोल्ने, महिला कर्मचारीहरूको शोषण गर्ने जुँगामुुठे हाकिम, उपहाकिम, सह—हाकिमका चरिचचर्यालाई जुुँगैमा समातेर नाङ्गेझार पारेको छ यो निबन्धले ।
वक्रोक्तिमार्फत पञ्चोपचारको रोचक–घोचक अभिव्यञ्जनाले कर्मचारीतन्त्रमा मौलाएको छाडापन, अपारदर्शिता, कुुशासन प्रवृत्तिलाई सजीव वाक्पद्धति, कालजयी उखान र आनुुप्रासिकता सजाएर होसियार बनाउन भगीरथ कसरत गरेका छन् साँच्चैको आचार्य बनेर । उदाहरणका लागि हाकिमले स्टाफ मिटिङमा दिएको भनाइलाई केही वाक्यमा : ‘हाम्रो आज स्टाफ मिटिङ हो, म हाकिम तपाईंहरू कर्मचारी । तपाईंहरूमाथि हैकम गर्ने र जनता तथा कर्मचारीको झगडा मजा मानेर हा ! हा ! गर्ने हुनाले म हाकिम ! मेरा सारा कर्मको दोष तपाईंहरूकै टाउकामा पर्ने हुनाले तपाईंहरू कर्मचारी ! अथवा आफ्नो कर्मद्वारा अरूको धन र धर्मलाई कसरी चर्ने भन्ने कुुरो बुुझेकालाई कर्मचारी भन्दछन्’ । कति सरल, तार्किक र गम्भीर परिभाषा गरेका छन् निबन्धकारले हाकिम र कर्मचारीको, चोटिलो व्यङ्ग्यात्मक शैलीमा ।
त्यस्तै ‘बारालाई कहिल्यै बिर्सन सक्दिनँ’ भन्ने निबन्धमाबारा जिल्लाप्रतिको अतुलनीय प्रेमप्रसङ्ग कोट्याएर वलिप्रथामा मीठो छेडखान गर्दै त्यहाँ भइरहेको अन्नतस्करीको तथ्य विरेचन गरेका छन् । काव्यात्मक धारामा बारालाई विषयवस्तुु बनाएर उनी यसरी बगेका छन्ः
बारा मेरो रोमरोममा बसेको छ
कलैया त मुटुमै पसेको छ ।
मित्रहरूको प्रेमले त बेल्ट बनेर
मेरो कम्मर कसेको छ
बारालाई कसरी बिर्सनुु गाँठे
बारासित मायाप्रीतिको गाँठो फसेको छ ।
अर्को सशक्त निबन्ध ‘मुन्तिरका प्रधान जागिरे इरालाको प्रसादलाई अभिनन्दनपत्र’ मा खानदानी पारा, बकुला भगत धारा, प्रतिपक्षप्रति असहिष्णु व्यवहार, आफन्तका प्रतिपालक हुने राज्यचालकप्रति व्यङ्ग्यात्मक अभिनन्दन पत्र चढाएर सुशासनको स्थापनार्थ कदम चाल्न सत्तालाई खबरदारी गरेका छन् । त्यसैगरी अर्को ‘इमानदार पत्रकार’ लघुु टिपोटमा कार्यक्रमहरूमा हुने ढिलासुस्ती र समाचार बेच्ने पत्रकार सम्मानित भएकोमा मजैले राँक्किएका छन् । निबन्धको शरीरको बाहृय काया भने वामन आकारको छ ।
यसै क्रममा ‘बोल बम,केससँग चेस खेल्दा, गर्नुु ग¥यौ गुरु गायव भएर, नेपालमा अर्का वाल्मीकि जन्मने छन्, बालक हराएको सूूचना, जस्ता व्यङ्ग्य निबन्धमा हास्यव्यङ्ग्यको सन्तुलन समुचित छ । शिवभक्त भई नमः शिवाय भन्दै खाली खुट्टामा सडकमा मार्चपास देखाएर बोल बम यात्रा गर्नेहरू भक्तिमान्, ज्ञानी र वैरागीभन्दा बाहृयाडम्बरमा डबडबाएर ढासा ढर्रा धेरै देखाई धर्म कम गर्ने रागीहरूको बिगबिगी मच्चिएको कुरालाई हाँसोको फोहरा तथा व्यङ्ग्यको चड्कन चिउराले सेकेका छन् ।
‘नेपालमा अर्का वाल्मीकि जन्मनेछन्’ निबन्धले हिजो रामायण लेख्ने वाल्मीकि यही माटोमा जन्मेका थिए भने अब अर्को रावणायन रच्ने वाल्मीकि नेपालको राजधानी काठमाडौंमा उत्पत्ति हुँदैछन् भनेर पाठक मनमा कौतूूहलता थपिदिएका छन् । त्यसै भएर वरिष्ठ आख्यानकार विजय चालिसेज्यूले आफ्नो भूूमिकामा आफ्ना सारगर्भित भनाइलाई यसरी राख्नुुभएको छ : यो कृतिका कुनै निबन्धमा मानवीय मूल्यमा देखिएका ह्रास तथा मानिसको स्वार्थी प्रवृत्तिमाथि कठोर व्यङ्ग्य गरिएका छन् भने कतै यिनले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रका कमी कमजोरी औँल्याएका छन् । निबन्धकार विषयवस्तुु छनोट गर्न खप्पिस छन् ।
यो कृतिका कुनै निबन्धमा मानवीय मूल्यमा देखिएका ह्रास तथा मानिसको स्वार्थी प्रवृत्तिमाथि कठोर व्यङ्ग्य गरिएका छन् भने कतै यिनले राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक सबै क्षेत्रका कमी कमजोरी औँल्याएका छन् । निबन्धकार विषयवस्तुु छनोट गर्न खप्पिस छन् ।
यसै क्रममा ‘कोही ‘किन’ हरू’ निबन्धले काव्यक्षेत्र, पिच भएको सडक, कानुनी संसार शैक्षिक, सामाजिक, होटल व्यवसायलगायत अन्य क्षेत्रमा देखिएको विकृतिको बन्सोलाई काट्न संवादात्मक शैलीमा करौँती उध्याएका छन् । हँसीमजाक र ठट्टाको गट्टा नाटकीय शैली दिएर विसङ्गतिमाथि संवादको माध्यमबाट मज्जाको झापड हानेका छन् । अर्को अत्यन्त पेचिलो निबन्ध ‘बालक हराएको सूचना’ ले रछ्यान हुँदैको समसामयिक नेपाली गन्धा राजनीतिमा सफाइको लागि दह्रै ओखती छेपिदिएको छ ।
तृतीय पुरुष प्रधान यो आख्यानभित्र हराएको बालकको हुलिया यसरी दिइएको छ, ‘बोलाउने नाम प्रजातन्त्रप्रसाद पौडेल भएको, न्वारनको नाम स्वतन्त्रता, माया गरेर बोलाउने नाम मनपरीतन्त्र, आमाबुुबा अभागी नेपाली जनता, ...यस निबन्धभित्र नेपालका मूूलधारका राजनीतिक दलहरूलाई व्यञ्जनाको तीर कौशलतापूूर्व सोझ्याएका छन् आचार्य महाभागले । नीतिहीन शासक, दायित्वहीन नोकरतन्त्रको ढन्नेसो शब्द कोर्राले क्षतविक्षत पारेका छन् ।
अर्को निबन्ध ‘त्रिभुवन पार्क भविष्य डार्क’-ले भूकम्पबाट क्षतविक्षत भएको त्रिभुवन पार्कको दयनीय अवस्थाको चित्रण छ । पार्क गरिमालाई पाताल पुु¥याउन त्यहाँ हुने केलीकलाप, ब्याट्री चार्ज गर्ने समूूह, नशालुु र लागूपदार्थ सेवन गर्ने जथ्था देख्दा विवेकशील राष्ट्रवादी मनमगजमा सरकारप्रति विद्रोहको राँको बलेको छ । त्यस्तै अन्य निबन्धहरूमा स्वास्थ्य चोर्दा, शौचालय मन्त्री, दशैँको बेला माइथानको मेला, खोइ के लेख्नुु, आदिमा क्रमशः प्रभातकालीन भ्रमणको सडक तमासा, जसरी भए पनि जस्तो भए पनि मन्त्री बन्ने खन्चुवा प्रतिनिधिको महत्वाकाङक्षा, माईथानको जात्राका भद्रगोल सबैलाई एक एक गरेर सुधारको अनुरोध गरेका छन् ।
अर्को निकै रोचक, घोचक र विमोचक निबन्ध ‘मूूलबाट हुलसम्म’ हो । तृतीय पुरुषलाई माध्यम बनाएर छोटो तर सटिक सन्देश प्रदान गर्ने खालको यो निबन्धमा बेलबहादुर बानियाँ, रेलबहादुर बानियाँ, खेलबहादुर बानियाँ, जेलबहादुर बानियाँ, झेलबहादुर बानियाँ र फेलबहादुर बानियाँ आदि पात्र उभ्याएर लाक्षणिक तरिकाले व्यङ्ग्यको मिसाइल चलाएका छन् । यस सन्दर्भमा पत्रकारलाई पत्रुु पार्ने पात्रहरू, मेयरको खोजी, न्यायको न्वारन हुँदा, सिनेमा र राजनीति, अचेल मन्दिर जान डर लाग्छ, दशैँ आयो टेन्सन ल्यायो, पशुपतिनाथसितको जम्काभेट, जस्ता निबन्धहरू लक्षणा र व्यञ्जनामा लोकोक्तिका झुुप्पा, वाक्पद्धतिका मुुक्का, अनुप्रासका टुुक्का मिलेर विषयवस्तुुलाई पठनीय बनेका छन् ।
अर्को महत्वपूूर्ण निबन्ध ‘गुरु नै गुरु’भित्र गुरु शब्दको अस्मितामाथि हमला भएको र यो शब्द कुुठाउँमा पनि पुु¥याएर चीरहरण गरेकोमा उनको सैँतीस वर्षे गुुरुत्व व्यङ्ग्यमा क्या मजाले चर्किएको छ । अन्य पठनीय तथा मन बहलाउने निबन्धहरूमा ‘मनसुन कि भनसुन, सुरअसुुर, हान्देलान् भन्ने पीर’ आदि निबन्धहरू झस्का दिने खालका छन् ।
निबन्धहरूमा लेखकको अभ्यास र व्युुत्पत्ति पक्ष मुुस्कुराएको छ । विभिन्न सूूक्ति, उपाख्यानले कृतिलाई पठनीय बनाएको छ, कतै आत्मपरक कतै परात्मक बनेका यी निबन्धहरू प्रथम पुरुष र तृतीय पुुरुषमा लेखिएको छ । सरल भाषामा रमरम हाँसो दिँदै अडमिल्दा तथा बिप्ल्याँटा प्रवृत्तिमा व्यञ्जनाको इन्जेक्सन होसपूूर्वक दिइएको छ । अन्त्यमा ‘ज्येष्ठो मुकुन्दः शिरसा नमामि’ अभिवादन गर्दै ज्ञानवृद्ध, वयोवृद्ध र अनुुभववृद्ध ज्येष्ठ श्रेष्ठ हास्यव्यङ्ग्यकार आचार्यको सुस्वाथ्य र प्रौढ लेखनमा सरस्वती दाहिना भइरहून् भन्दै यो साने टिप्पणी यहीँ पूर्णविराम । समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच