राहत र पुनःस्थापनामा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।’

कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गर्नुभएको छ । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?