शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर आजको परकम्पले भत्किए

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

काठमाडौं। शुक्रबार रातिको भूकम्पले क्षति पुर्‍याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प गएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका समेत भएका छन् ।

शुक्रबारको भूकम्पले १२ जनाको मृत्यु भएको भेरी नगरपालिकाको राउतगाउँमा सोमबार ३ वटा घर भत्किएको छ । शुक्रबारको भूकम्पबाट जोगिएका धेरै घर सोमबारको भूकम्पले भत्काएको स्थानीयले बताएका छन् ।

भुकम्पपछी भागदौड मच्चिएको थियो भने सर्वसाधरणमा त्रास फैलिएको छ । अपरान्ह चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो ।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निुच्युडको भूकम्पले ठूलो धनजनको क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?