
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव असफल भएको छ । हेटौंडामा बिहीबार भएको विशेष साधारणसभामा भएको मतदानमा ५३ मतमध्ये ५२ मत नेम्वाङको पक्षमा खसेपछि बर्खास्तीको प्रस्ताव असफल भएको हो । एन्फाका ८६ सदस्यमध्ये ३४ जनाले भने मतदान प्रक्रियामा सहभागिता नै जनाएका थिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाइ मत आवश्यक पर्ने भए पनि दुई तिहाइ नपुगेपछि नेम्वाङको पद जोगिएको हो ।
एन्फा अध्यक्ष नेम्वाङको बर्खास्तीको एकमात्रै एजेण्डासहित यो विशेष साधारणसभा भएको हो । गत २०७९ असार ६ गते भएको एन्फा निर्वाचनबाट अध्यक्षमा नेम्वाङ चुनिनुभएको थियो । त्यसको डेढ वर्षमा नै उहाँले अविश्वासको प्रस्ताव झेल्नुपरेको हो ।
एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारणसभामा एकमात्र विषयसूचीका रूपमा नेम्वाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको थियो ।
भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेका थिए । महासचिव राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकाले महासचिवको बर्खास्त प्रस्ताव साधारणसभामा प्रस्तुत नगर्ने निर्णय पनि बैठकले गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच