काठमाडौं । जीवनका लागि स्वास्थ्य भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनीले बिहीबार काठमाडौंमा साइकल र्याली गरेको छ । शंकरदेव कलेजअगाडिबाट सुरु भएको र्याली न्युप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, बिजुलीबजार, बानेश्वर, थापागाउँ, अनामनगर हुँदै पुनः सुरु भएकै स्थानमा पुगेर समाप्त भएको थियो ।
र्यालीमा समृद्धिका अध्यक्ष ठाकुरप्रसाद भट्टराई, सञ्चालक विनोदकुमार सुवेदी, सञ्चालक जेवी हमाल, सिइओ टिकानिधि लोहनी साथै कम्पनीका १९ कर्मचारीको सहभागिता रहेको कम्पनीले जनाएको छ । समृद्धि फाइनान्सले यही कात्तिक २५ गते २२औँ वार्षिकोत्सव मनाउँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच