
कोलोम्बो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंका क्रिकेटको आइसिसीको सदस्यता तत्काल निलम्बन गरेको छ । बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आइसिसीले यो निर्णय गरेको हो ।
निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले सहभागी हुन पाउने या नपाउने भन्नेबारे भने आइसिसीले केही उल्लेख गरेको छैन । आइसिसी बोर्डको शुक्रबार बसेको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्तरूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्नका लागि सदस्यका रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरेको कुरा निर्धारण गरेको छ ।
सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिंहले सोमबार निर्णय गर्दै श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गर्नुभएको थियो । उहाँले पूर्वविश्वकप विजेता कप्तान अर्जुन रणतुंगाको नेतृत्वमा सात सदस्यीय अन्तरिम समिति गठनसमेत गर्नुभएको थियो ।
मुम्बईमा श्रीलंका भारतसँग ३०२ रनले स्तब्ध भएको थियो । त्यसपछि बोर्डका सदस्यहरूको विरोध भएको थियो । त्यसपछि अदालतमा परेको मुद्दामा भने बोर्ड अध्यक्ष शम्मी सिल्भालाई बर्खास्ती गर्ने र नयाँ अध्यक्ष नियुक्त गर्ने खेलकुदमन्त्री रोशन रणसिंको कदमको निवेदन स्वीकार गर्न अस्वीकार गरिसकेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच