काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद-३’को घोषणा गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले ‘पशुपतिप्रसाद-३’ निर्माणको घोषणा गरेको हो । तेस्रो संस्करणमा मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपिन कार्कीलगायत कलाकार हुने निर्माण पक्षले जनाएको छ ।
जिना सिटौला निर्माता रहने चलचित्रलाई दीपेद्र के खनालले निर्देशन गर्नुहुने छ भने कथा खगेन्द्र स्वयंले लेख्नुहुने छ । ‘पशुपतिप्रसाद’ समीक्षक र दर्शक दुवैले मन पराएको सिनेमा हो ।
यसको स्पिनअफ ‘पशुपतिप्रसाद : २ भष्मे डन’ले भने बक्सअफिस कलेक्सन राम्रो गरे पनि समीक्षा राम्रो पाउन सकेन । ‘पशुपतिप्रसाद-३’ गत शनिबार निर्माणको घोषणा गर्ने तयारी भए पनि जाजरकोट भूकम्पका कारण अन्तिम समयमा आएर स्थगित हुन पुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच