काठमाडौं । ओखलढुंगाका नेपाली कांग्रेसका नेता जयबहादुर श्रेष्ठद्वारा रचित जय-श्लोकमालाको एक समोरोहबीच लोकार्पण भएको छ । सुभद्रा चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता माननीय तथा केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले उक्त कार्यक्रमको उद्घाटन गर्नु हुँदै पुस्तकको लोकार्पण गर्नुभएको हो । उहाँले ओखलढुंगा जिल्लाको राजनीतिक तथा सामाजिक योगदानमाथि प्रकाश पार्नुभयो ।
विशिष्ठ अथिति माननीय तथा सुशासन तथा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले लोकार्पण भएको पुस्तकको सफलताको कामना गर्नुभयो । लोकार्पित पुस्तकमाथि साहित्यकार तथा पत्रकार विनोद दाहाल वत्सले टिप्पणी गर्नुभएको थियो ।
ओखलढुंगा कला साहित्य समाजका महासचिव रामनाथ घिमिरेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा ओखलढुंगा नेपाली कांग्रेसका पूर्वसभापति महोश कोर्मोचा, ओखलढुंगा नेपाली कांग्रेसका जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल बूढानीलकण्ठ नगरपालिका वडा नं.१० का वडा अध्यक्ष नवराज भट्टराई तथा पुस्तकका रचयिता जयबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
बेखमार्ग टोलसुधार समिति महिला समिति आयोजक रहेको उक्त कार्यक्रममा केही छिन् देउसी गीतमा नाचगान गरिएको थियो । उक्त कार्यक्रम कपन बेखस्थित कपन पार्टी भेन्युमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच