‘दिमाग खराब’ चलचित्रको प्रदर्शन यथावत, माग पूरा नभए पुन प्रदर्शन रोक्ने निर्माण पक्षको अडान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र दिमाग खराबको विवाद अझै पनि सेलाउन सकेको छैन् । भारतीय फिल्म र नेपाली फिल्मले बराबर ५० प्रतिशत शोज पाउनुपर्ने भन्दै दिमाग खराबको निर्माण पक्ष यतिबेला आन्दोलनमा छ ।

तर, मंगलबार भएको नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच वार्तामा माग पूरा गर्न वार्ता टोली गठन गरिएको छ । दिमाग खराबलाई दुवै संघको राम्रो साथ छ । चलचित्र संघको टोलीले फिल्म ‘दिमाग खराब’ र चलचित्र निर्माता संघको टोलीसँग छुट्टाछुट्टै वार्ता गरेको थियो ।

यस्तै, निर्माता संघको वार्ता टोलीको संयोजकको रुपमा अशोक शर्मालाई तोकिएको छ । वार्ता टोलीको सदस्यहरूमा उदय कुमार सुब्बा, दीपकराज गिरी, खगेन्द्र लामिछाने, राम बाबु गुरुङ, रवीन्द्र सिंह बनियाँ र कृषा चौलागाईं रहेका छन् ।

विशेष गरि, निर्माताहरूले शेयर बाँडफाँडमा ५० प्रतिशतको माग राख्दै आएका छन् । यसअघि मंगलबार देखि दिमाग खराब हलबाट उतार्ने घोषणा गरेको निर्माण पक्षले हाललाई भने दिमाग खराब यथावत प्रदर्शन गर्न सहमत भएको छ । तर, ५० प्रतिशतको माग पुरा भएन भने ‘दिमाग खराब’को प्रदर्शन स्थगीत हुने आन्दोलनमा जाने उक्त चलचित्रका निर्माता रौनक विक्रम कंडेलले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?