काठमाडौं । मनकामना केबलकारले सन् २०२५ सम्ममा मनकामना मन्दिर परिसरमै रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । नेपालकै पहिलो केबलकार मनकामना केबलकार सेवाको २६औँ वार्षिकोत्सवमा अध्यक्ष राजेशबाबु श्रेष्ठले सन् २०२४ को अन्त्यमा वा २०२५ को सुरुमा रिसोर्ट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार मनकामनामा निर्माणाधीन रिसोर्टमा ४० कोठाको सुविधा हुनेछ भने स्विमिङ पुल, हेल्थ क्लब, सभाहल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्टमा करिब ५५ करोड लगानी हुनेछ । रिसोर्ट सञ्चालनपछि मनकामना र वरिपरिका क्षेत्र नयाँ पर्टकीय गन्तव्य बन्ने उहाँको भनाइ छ । एनालग प्रविधिको स्तरोन्नति गर्दै केबलकार डिजिटल प्रणालीमा प्रवेश गर्ने चरणमा रहेको छ ।
अष्ट्रियाको डोपेल्मायर कम्पनीको डी-कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको कार्य सन् २०२१ मै सकिएको र बाँकी काम आगामी असोजसम्ममा सम्पन्न गरिने उहाँले बताउनुभयो । पूर्णरूपमा डिजिटल नबनुन्जेलका लागि केबलकार बन्द हुने बताइएको छ ।
स्तरोन्नति गर्न करिब ४५ करोड लाग्ने कम्पनीले जनाएको छ । मनकामना केबलकारले हाल वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । पर्यटनतर्फ सबैभन्दा बढी कर तिरेबापत आन्तरिक राजस्व विभागले मनकामना केबलकारलाई सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच